काठमाडाैं । आज पनि सुनको मूल्य बढेको छ । आज सुन ४ सय रुपैयाँले बढैकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
गत शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको कारोबार आज प्रतितोला २ हजार १६५ रुपैयाँमा भईरहेको छ ।




















प्रतिक्रिया