काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन लगाएर संसद् भवनमा पुगेका छन् ।
उनीहरूका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गराउनेछौ’, कार्यवाहक प्रवक्ता मनिष झाको भनाइ छ ।
रास्वपाले विरोध जनाए पनि आइतबार र सोमबार सभामुख देवराज घिमिरेले संसदको कारबाही अघि बढाएका थिए । आज पनि संसद नियमित जस्तै अघि बढाउने तयारी गरिएको छ ।
सभामुख आज पनि छलफलमै भएकोले १ बजेका लागि तय भएको संसद बैठक भने अझै सुरु भएको छैन ।




















प्रतिक्रिया