Logo

खेलकुद

एनपीएल: चितवनकाे दाेस्राे क्वालिफायरमा सुदूरपश्चिमसँगकाे भेट पक्का,काठमाडौं आउट



काठमाडौं। चितवन राइनोज राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे क्वालिफायरमा पुगेको छ।

आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दाेस्राे क्वालिफायरमा स्थान सुरक्षित गर्याे।

चितवन अब दाेस्राे क्वालिफायरमा भाेलि सुदूरपश्चिम राेयल्ससँग खेल्नेछ । काठमाडौं भने इलिमिनेटरबाटै बाहिरिएको छ।

जितका लागि पाएकाे २०५ रनको विशाल लक्ष्य पछ्याएकाे काठमाडौं १४३  रनमा राेकियाे। जसमा विल बसिस्टाेले सर्वाधिक ३७ रन बनाए। चितवनका रिजन ढकालले ४,उसामा मिरले ३ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनायाे ।

जसमा कामिल मिशाराले शतकीय पारी खेल्दै १२० रनमा अविजित रहे। यस्तै कप्तान रवी बाेपराले ५३ रन जाेडे। काठमाडौंका करण केसी र राशिद खानले २/२ विकेट लिए।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार २०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।