Logo

अटो

MG5 EV : स्मार्ट फिचर, बलियो संरचना र विद्युतीय युगको आदर्श गाडी



काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनप्रति आकर्षण तीव्र रूपमा बढ्दो छ । वातावरणमैत्री प्रविधि, कम संचालन खर्च, र सरकारी प्राथमिकताले गर्दा ईभी (इलेक्ट्रिक भेइकल) विकल्प मात्र नभई उपयुक्त विकल्प बन्दै गएको छ । यसै प्रवृत्तिमा आधारित रहेर MG (Morris Garages) ले आफ्नो नयाँ मोडल MG5 EV नेपाली बजारमा ल्याएको छ, जसलाई प्रविधि, सुरक्षा र सुविधाको रुपमा अघि सारिएको छ ।

MG5 EV लाई SAIC मोटर्सको आधुनिकक डिजाइन र निर्माण प्रविधिमा आधारित रहेर तयार पारिएको  छ । यसको बनावटदेखि लिएर, सवारी अनुभव, इन्टरटेन्मेन्ट प्रणाली, स्मार्ट एप्स प्रयोगसम्मका सबै पक्षले यो गाडीलाई विद्युतीय सवारी क्षेत्रको उत्कृष्ट विकल्परुपमा अगाडि आएको छ ।

MG5 EV को बडी निर्माणमा Ultra High Strengthen Steels र Advanced High Strengthen Steels प्रयोग गरिएको छ । यसले गाडीलाई केवल बलियो मात्र बनाएको छैन, दुर्घटनाको समयमा यात्रुहरूको जीवन रक्षामा पनि विशेष ध्यान दिएको छ ।  गाडीको फ्रेमलाई मोड्युलर र स्केलेबल प्लेटफर्ममा निर्माण गरिएको छ जुन भविष्यमा अन्य मोडेल अपग्रेडका लागि पनि उपयुक्त मानिएको छ ।

त्यसैगरी, गाडीमा Independent Suspension System राखिएको छ जसले नेपालका उकाली-ओराली, खाल्डाखुल्डी सडकमा पनि सवारीलाई सन्तुलित र सहज बनाउँछ । साथै, Rear Wheel Drive (RWD) सुविधा भएकाले ड्राइभरले अझ राम्रो नियन्त्रण र स्थायित्व अनुभव गर्दछन् ।

त्यस्तै, MG5 EV को अर्को महत्वपूर्ण पक्ष हो – विश्वकै सबैभन्दा पातलो ब्याट्री: यसको डिजाइन यति स्मार्ट तरिकाले गरिएको छ कि गाडीको ग्राउन्ड क्लियरेन्स राम्रो मात्र छैन, भार सन्तुलन पनि उत्कृष्ट छ । 61.1 kWh क्षमताको यो ब्याट्रीले एक पटक चार्ज गर्दा करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।  यसले दैनिक यात्रा मात्र होइन, लामो दूरीको लागि पनि गाडीलाई उपयुक्त रहेको छ ।

MG5 EV यसमा फास्ट चार्जिङ सुविधा रहेको छ । 50kW DC फास्ट चार्जर प्रयोग गर्दा करिब ३५ मिनेटमा ८० प्रतिशत  चार्ज पुग्छ भने सामान्य AC चार्जिङ प्रणालीबाट लगभग ८.५ घण्टामा पूरै चार्ज गर्न सकिन्छ ।

त्यसैगरी MG5 EV ले SMART गाडीको परिभाषा बदलिदिएको छ । यसमा रहेको MG i-SMART सिस्टम अन्तर्गत प्रयोगकर्ताले मोबाइल एपबाट गाडी नियन्त्रण गर्न सक्दछ – जस्तै: गाडी अनलक/लक गर्न सकिने, एसी अन/अफ गर्न सकिने, रियल टाइम GPS ट्र्याकिङ गर्न सकिने र गाडीको अवस्था जान्ने सुविधा उपलब्ध  गराएको छ । यसले केवल चालकको सुविधामा मात्र नभई सुरक्षाको दृष्टिकोणले पनि उपयोगी सुविधा प्रदान गरेको छ ।

MG5 EV मा Youtube, Spotify, र TikTok जस्ता लोकप्रिय एप्स गाडीकै इन्फोटेन्मेन्ट प्रणालीमा इनबिल्ट रूपमा उपलब्ध छन् । यसले यात्रालाई थप रमाइलो र आधुनिक बनाउँछ । यसले लामो दूरीको यात्रा वा ट्राफिकमा बस्दा पनि मनोरञ्जनमा कमी आउँन दिदैन् ।

यो गाडीको डिजाइन अत्यन्तै आधुनिक र एयरोडायनामिक छ । पछाडिको सिटमा ९९७ मिमीको हेडरूम दिइएको छ, जसले यात्रुहरूलाई लामो दूरीमा पनि सहजता प्रदान गर्दछ । साथै, Bottom Spoiler Design र Low Drag Coefficient (CD) ले ब्याट्रीको दक्षता बढाउने कार्य गर्दछ ।

नेपालमा MG5 EV को प्रारम्भिक मूल्य ५८ लाख रुपैयाँ वरिपरि रहेको छ (डिलर अनुसार फरक पर्न सक्छ) यो मूल्यअनुसार गाडी उच्च प्रविधि, डिजाइन र पर्फमेन्सको हिसाबले सन्तुलीत रहेको छ । व्यवसायिक व्यक्तित्व, सरकारी कर्मचारी, ईभी चासो राख्ने युवा वर्गदेखि लिएर वातावरणप्रेमी उपभोक्तासम्म सबैका लागि उपयुक्त विकल्प MG5 EV बन्न सक्छ ।

MG5 EV लाई केवल सवारी मात्र नभई भविष्यतर्फको यात्राका रुपमा पनि हेरिएको छ । बलियो संरचना, नविनतम ब्याट्री प्रविधि, स्मार्ट फिचर, र मनोरञ्जनयुक्त इन्टरफेसले गर्दा यो गाडीलाई विद्युतीय सवारी क्षेत्रमा विशेष स्थान दिलाएको छ । नेपालजस्तो हिमाली, पहाडी र सहरी मिश्रित भौगोलिक अवस्थाको लागि पनि उपयुक्त डिजाइन भएकाले MG5 EV दिगो विकास, हरित यातायात र प्रविधिमा आधारित जीवनशैलीका लागि यसको प्रयोगलाई बिशेष रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १५:२०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।