Logo

समाचार

राष्ट्रपति पौडेल धान रोपाइँमा सहभागी



काठमाडौं । असार १५ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रपति पौडेल शीतल निवास परिसरमा आयोजित रोपाइँमा सहभागी भएका हुन् ।

रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत पनि सहभागी थिए ।

आज असार १५ को दिन धान रोपाइँसँगै दही चिउरा खाने प्रचलन छ ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार १०:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।