Logo

खेलकुद

वार्षिकोत्सवको अवसरमा वायुसेवा निगमको फूटबल प्रतियोगिता सम्पन्न



काठमाडौं । नेपाल वायुसेवा निगमको ६७औं वार्षिकोत्सवको अवसरमा एकदिने मैत्रीपूर्ण फूटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । निगमको वार्षिकोत्सव मूल समारोह समितिको आयोजनामा भएको सो प्रतियोगिता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमेतको उपस्थिति थियो ।

मैत्रीपूर्ण खेल अन्तर्गत निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, कर्मचारीहरुको टिम, महिला कर्मचारीहरुको टिम र एक्जिक्यूटिभ फुटबल टीमबीच प्रतिस्पर्धा थियो ।

कार्यक्रममा निमन्त्रणा मान्य अतिथि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले कर्मचारीलाई अनुशासन र इमान्दारीका साथ जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार १२:४२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।