Logo

प्रमुख समाचार

शिक्षा विधेयकमा सरकार इन्ट्रेस्ट ग्रुपको पछि लाग्ने होः पूर्वमन्त्री भट्टराई



काठमाडौँ । पूर्व मन्त्री तथा एमाले सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकमा सरकार इन्ट्रेस्ट ग्रुपको पछि लाग्ने हो भने संसद्कै गरिमा नरहने बताएकी छन् ।

सोमबार बसेको शिक्षा समितिको बैठकमा सांसद भट्टराईले संसद् र सरकारलाई असक्षम बनाउने नियतस्वरुप विधेयकका बारेमा चलखेल भएको बताइन् ।

‘सरकार कि मस्यौदामा उभिनुपर्‍यो कि उपसमितिले दिएको प्रतिवेदनको पक्षमा उभिनुपर्‍यो’, भट्टराईले भनिन्, ‘सरकार हरेक पल इन्ट्रेस्ट ग्रुपले भनेको कुराहरूको पछि लाग्ने हो भने संसद्को गरिमा र मर्यादा बाँकी रहन्नँ ।’

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १९:४६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।