Logo

समाचार

चार तलाबाट खसेर दुई कामदारको मृत्यु



काठमाडौं । काठमाडौंको दरबारमार्गमा लिफ्ट निर्माण गर्ने क्रममा चार तलाबाट खसेर दुई कामदारको ज्यान गएको छ ।

मृतकहरू कैलालीका अन्दाजी ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका अन्दाजी २० वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले बताए ।

सोमबार अपराह्न ५ बजेको समयमा दरबारमार्गको हिटीपोखरी नजिकै पोतला डेभलप्मेन्ट प्रालिले निर्माण गरिरहेको ९ तले भवनको चौथो तलाबाट उनीहरू खसेका थिए ।

लिफ्टमा ग्रिज लगाउन चढेका बेला फलामको सिक्री चुँडिँदा उनीहरू भुईँमा खसेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनीहरूलाई तत्काल वीर अस्पताल पुर्‍याइए पनि अपराह्न ५स्१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १९:४९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।