Logo

मनोरञ्जन

गायिका समीक्षाको नयाँ तीज गीत ‘माइतीको दैलो’ सार्वजनिक



काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ तीज गीत ‘माइतीको दैलो’ सार्वजनिक भएको छ । गीतमा समीक्षालाई मदन ढकाल, विमला ढकाल र लक्ष्मी बस्नेतको स्वरमा साथ दिएका छन् ।

गायक मदनकै शब्द रहेको गीतमा घनश्याम खत्रीको सङ्गीत छ । गीतको सङ्गीत संयोजन अनमोल बस्नेतले गरेका हुन् ।

गोरखामा छायाङ्कन भएको गीतको भिडियोमा मोडल उषा सुवेदी, घनश्याम खत्री, विनोद बिके, गीता परियार, मञ्जु पाण्डेको अभिनय छ । मरुभूमि नारायणले खिचेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् ।

भिडियो पनि गायक मदनले नै निर्देशन गरेका हुन् । भिडिओ टीएम म्युजिक प्रोडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार १३:०९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।