Logo

समाचार

काठमाडौंको तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु



काठमाडौं । काठमाडौंको तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिका -३ पाँचमानेका नवीन घिमिरले चलाएको बा७४प ४००५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही नगरपालिका -८ भेटघाट चोकका करिब ७० वर्षीय कुलबहादुर आचार्यको मृत्यु भएको हो ।

सवा ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारको लागि सिटी अस्पताल हुँदै ग्राण्डी पुर्‍याइएकोमा राति सवा ११ बजे मृत्यु भएको हो ।

चालक घिमिरेलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार ०७:५३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।