Logo

अर्थ

गोमा श्रेष्ठलाई भाटभटेनी अध्यक्ष गुरूङले आफ्नै खर्चमा एमबीबीएससम्म अध्ययन गराउने, दिए १ लाख रुपैयाँ र ल्यापटप



काठमाडाैं । भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालस्थित एक इँटाभट्टामा काम गरेर जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठले एसईईमा उत्कृष्ट नतिजा ल्याएको भन्दै भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले सम्मान गरेका छन् ।

१ लाख रुपैयाँ नगद र एउटा ल्यापटप उपहार दिँदै सम्मान गरेका गुरुङले गोमालाई एमबीबीएससम्मको अध्ययन गराइदिने भएका छन् ।

गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाउँदै गुरुङले त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिएका हुन् ।

चाँगुनारायण-८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिएकी गोमाले नतिजा सार्वजनिक भएपछि आफूलाई डाक्टर बन्ने रहर भएको बताएकी थिइन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १४:००   :  बजे

480
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।