काठमाडौं । पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयरमा आज असार २२ गतेदेखि आवेदन दिन सकिनेछ । कम्पनीले १ः०.५ अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
उक्त हकप्रद सेयरको लागि कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार १ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । पिपुल्स पावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हाल पिपुल्स पावरको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।
यसमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल र प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।




















प्रतिक्रिया