काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक २५ .८९ अंकले बढेर २७३१ को विन्दुमा कायम भएको छ ।
आज १६१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभनदा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ५७ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३२ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माई खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.१५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया