काठमाडौं । दिव्यश्रुति संगीत पाठशालाले बृहत् गुरुपूर्णिमा कार्यक्रम मनाएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट संगीत तथा वाद्यवादनका विविध गुरुहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा पत्रकार वरिष्ठ समाजसेवी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न प्रसिद्ध गीतहरू लाइभ बाजा बजाएर गाइएको थियो ।
पुराना पुस्ताका गीतहरु तथा अग्रज कलाकारहरूको गीतलाई स्मरण गर्दै कार्यक्रममा प्रस्तुत गरिएका थियो ।
कार्यक्रम निकै सुन्दर, सभ्य, भव्य र सुसंस्कृत बनेको थियो ।

कार्यक्रमलाई सबै व्यवस्थापन भने गायक तथा सर्जक सचिन भट्टराईले गरेका थिए ।
पछिल्लो समय नेपालमा गीतसंगीतमा विकृति र विकराल अवस्था आइरहेको बेला हाम्रा परम्परागत संस्कृतिहरू गीतसंगीतहरुलाई जगेर्ना गर्नुपर्छ र अहिलेका विकराल ती गीत संगीतलाई नकारात्मक रुपमा भन्दा पनि त्यसलाई नकार्नुपर्छ भन्ने हेतुका साथ कार्यक्रम सब्य र भव्य बनाईएको भट्टराईले बताए ।
कार्यक्रम बालाजुस्थित सगुन क्याफेमा गरिएको थियो।
जसमा दिव्यश्रुति पाठशालाका विद्यार्थीहरूले आफ्नो कला क्षमता प्रस्तुत गर्दै कसैले गीत गाए भने कसैले क्यारिकेचर गरेरका थिए ।
कार्यक्रममा उक्त पाठशालाका विद्यार्थी उक्त पाठशालाका विद्यार्थीका अभिभावक सञ्चारकर्मी विशिष्ट व्यक्तिहरू तथा गुरुहरु तथा ख्याति प्राप्त कलाकारहरू लगायत गरी करिब दुईसयको हाराहारीमा उपस्थित रहेको थियो।






















प्रतिक्रिया