Logo

अर्थ

नेपालमा विदेशी मुद्रा सञ्चिति प्रयाप्त छ, अटो लोन खुकुको बनाउँदा हुन्छः थापा



काठमाडाैं । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति प्रयाप्त छलफपछि आउनु पर्नेमा छापामार शैलीमा ल्याउन लागेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै मौद्रिक नीति दीर्घकालीन प्रभाव हेरेर ल्याउनु पर्ने बताएका हुन् ।

अर्धवार्षिक समिक्षाबाट विद्युतीय गाडीमा परिवर्तन गरेको लोन टु भ्यालु रेसियोलाई पुरानै अवस्थामा पु¥याउन माग गरेका छन्। नेपालको ब्यालेन्स अफ पेमेन्ट प्रयाप्त हुँदा अटो लोनको विषयमा खुल्ला गर्दा फरक नपर्ने बताए।

‘मौद्रिक नीतिमा सुझावका कार्यक्रमहरु भैरहेको समयमा साउन पहिलो हप्ता आउने गरेकोमा छिट्टै आउन लागेको देखिन्छ,’ थापा भन्छन्,‘राष्ट्र बैंकले लोन टु भ्यालु रेसियोमा गरेको फेरबदल हुँदा अटोमोबाइल्स व्यवसायी नाखुस देखिएका छन्। नयाँ मौद्रिक नीतिमा बढी चासो देखाएका छन्।’

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १०:५५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।