Logo

अर्थ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई विराट मेडिकल कलेज र विराट नर्सिङ होममा विशेष छुट



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट दिनेगरी सम्झौता भएको छ ।

विराट मेडिकल कलेजसँग भएको सम्झौता अन्तर्गत बैंकका ग्राहकवर्गहरुले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपीडी परामर्शमा ५० प्रतिशत छुट, सामान्य ल्याब रुटिन, एक्स–रे, युएसजी/इसीजी, सिटी स्क्यान /एमआरआई, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट र विशेष परीक्षण, ल्याब अपरेशन थियटर तथा आईसीयू/एनआईसीयू/पिआईसीयूमा ५ प्रतिशत छुट पाउन सक्नेछन् ।

यस्तै विराट नर्सिङ होमसँग भएको सम्झौताअनुसार बैंकका ग्राहकवर्गहरुले विराट नर्सिङ होममा सामान्य ओपीडी परामर्श, एक्स–रे, युएसजी/इसीजी, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट, विशेष परीक्षण, ल्याब अपरेशन थियटर, आईसीयू/एनआईसीयू/पिआईसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५ प्रतिशत छुट र सिटी स्क्यान/एमआरआईमा ७५० सम्म छुट पाउन सक्नेछन् ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १३:११   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।