Logo

अर्थ

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?



नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँ र चाँदी तोलाको ४५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कायम भएको थियो। पछिल्ला दिनमा सुन चाँदीको मूल्यमा निरन्तरको गिरावट आइरहेको छ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आईतवार ११:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।