Logo

अर्थ

बैंकपिच्छे केवाईसी भर्ने झन्झट हट्यो, यस्तो छ नयाँ व्यवस्था



काठमाडौं । नयाँ बैंक वा वित्तीय संस्थामा खाता खोल्दा वा सेवा लिँदा ‘केवाईसी’ (ग्राहक पहिचान विवरण) फर्म बारम्बार भर्नुपर्ने झन्झटबाट ग्राहकले मुक्ति पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३को मौद्रिक नीतिमा ‘एक पटक अद्यावधिक, सबै ठाउँ प्रयोग’ हुने गरी केवाईसी विवरण साझा गर्न सकिने प्रणाली विकासको व्यवस्था गरिएको छ ।

मौद्रिक नीतिको ‘वित्तीय समावेशिता र ग्राहक हित संरक्षण’ सम्बन्धी व्यवस्थामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवा प्रदायकको ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ ।’

जसअनुसार अब ग्राहकले एउटा बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक वा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सो विवरण प्राप्त गर्न सक्नेछन् । यस प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग समेत जोडिने बताइएको छ ।

यसबाट केवाईसी प्रक्रिया थप छरितो, सुरक्षित र विश्वसनीय बनाउनेछ । प्रणाली कार्यान्वयनमा आएपछि वित्तीय कारोबारमा पारदर्शिता, पहुँच र ग्राहक अनुभवमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १५:४६   :  बजे

408
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।