Logo

अर्थ

साइन रेसुङ्गा विकास बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो



काठमाडौं । साइन रेसुङ्गा विकास बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । १० वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक प्रतिशत ब्याजदर प्राप्त हुनेछ ।

इच्छुक लगानीकर्ताले अंकित मूल्य १ हजारका दरले न्यूनतम २५ तथा अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

बैंकले कुल १ अर्ब रुपैयाँको १० कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये सर्वसाधारणका लागि ३ लाख ८० हजार कित्ता ऋणपत्र बिक्री हुनेछ ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत छिटोमा साउन ४ गतेसम्म र ढिलोमा १४ गतेसम्म आवेदन दिन सकिने छ ।

बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेकाे छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार १०:३६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।