Logo

प्रमुख समाचार

गुप्ताको राजीनामालगत्तै अर्को मन्त्रीको ३२ लाख घुस लिएको बाहिरियो अडियो



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस लेनदेनमा मुछिएर राजीनामा दिएको एक दिन नबित्दै भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी विकास मन्त्री बलाराम अधिकारीसम्बन्धी अडियो बाहिरएको छ ।

११ मिनेट ४६ सेकेन्डको उक्त अडियोमा अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ । यो घुस लेनदेनको व्यवस्थापन मन्त्री अधिकारीका छोरा मनोजले गरेको पनि दाबी उक्त अडियोमा गरिएको छ । तर यो अडियोको सत्यापन परीक्षण भने भइसकेको छैन।

कुनै मन्त्रालय या सरकारी कार्यालयभित्रै बसेर गरिएको उक्त संवादमा मन्त्री अधिकारीलाई झोलामा हालेर ३२ लाख रूपैयाँ दिएको दाबी गरिएको छ । उक्त अडियोमा मन्त्री अधिकारीलाई रातो या हरियो झोलामा हालेर ३२ लाख रुपैयाँ सरकारी निवासमै बुझाएको भनिएको छ ।
दुईदेखि तीनजना मानिस संवादमा रहेको उक्त अडियोमा मन्त्री अधिकारीले पोखरा महानगरपालिकास्थित १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने शर्तमा ३२ लाख रुपैयाँ घुस लिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार २२:१८   :  बजे

279
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।