Logo

अर्थ

नयाँ आर्थिक वर्षको पहिलो दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सोही सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य रु ५ रुपैयाँ बढेको छ । चाँदीको मूल्य बुधबार २ हजार २६० रुपैयाँ कायम भएकोमा बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आजदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार ११:२१   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।