Logo

अर्थ

सामाजिक सुरक्षा कोषले २ अर्ब ८४ करोड रुपैयाँ ब्याज वितरण गर्‍यो



काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा २३ लाख ७९ हजार ५८५ योगदानकर्तालाई दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार रुपैयाँ ब्याज रकम वितरण गरेको छ ।

कोषले ‘वृद्ध अवस्था सुरक्षा योजना’मा उक्त रकम योगदानकर्ताको निवृत्तभरण कोषमा जम्मा भएको रकमको ब्याजबापत वितरण गरेको हो ।

योगदानकर्ताको कोषले आर्थिक वर्ष २०८१/८२ मा जम्मा भएको योगदान रकममा ०८१ चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत्र ५ देखि पाँच प्रतिशत ब्याजदर दिने निर्णय गरेको थियो ।सोहीअनुसार कोषले यो रकम योगदानकर्ताको निवृत्तभरण कोषमा जम्मा गरिदिएको हो ।

असार ३२ गतेसम्म कुल योगदान रकम ८३ अर्ब ८५ करोड रुपैयाँ जम्मा भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १६:५९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।