Logo

अर्थ

वायुसेवा निगमले तिर्‍यो असार मसान्तसम्मको ५३ करोड किस्ता



काठमाडौं । नेपाल वायुसेवा निगमले असार मसान्तसम्मको ऋणको किस्ता भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ताबापत कुल ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको निगमले उल्लेख गरेको छ ।

अहिलेसम्म साँवाब्याज गरी निगमले ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार रुपैयाँ तिरिसकेको समेत जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार १०:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।