Logo

राजनीति

लिङ्देनले कारबाही गरेका उपाध्यक्ष गिरीले दिए आयोगमा उजुरी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रुपमा पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको भन्दै गिरीले आयोगमा उजुरी दिएका हुन् ।

महामन्त्री डा धवलशम्शेर राणालगायत आफू पक्षका नेता तथा कार्यकर्ताको साथमा आयोग पुगेर उनले उजुरी गरेका हुन् ।

गिरीलाई गरिएको कारबाही फिर्ता लिन राप्रपाकै इतर समूह र कर्णालीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरुले अपीलसमेत गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १३:३२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।