काठमाडौं । आज सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७० को विन्दुमा कायम भएको छ ।
आज १०५ कम्पनीकाे सेयर मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको छ ।
आज २१ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । यो ११ महिना यता कै उच्च कारोबार हो ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया