Logo

प्रमुख समाचार

रूपन्देही-३ उपनिर्वाचन: मनोनयन दर्ता असोज २१ गते, उम्मेदवारको अन्तिम नामावली २४ गते सार्वजनिक गरिने



काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

सोही दिन साँझ ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने स्वीकृत कार्यक्रममा उल्लेख छ ।

उक्त सूचीमा रहेका उम्मेदवारको विरोधमा उजरी दिने समय असोज २२ गते बिहान १० देखि ३ बजेसम्मका लागि तोकिएको छ । सोही दिन ३ बजेदेखि भोलिपल्ट ५ बजेसम्मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवंं निर्णय हुने आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी गराएकी हुन् ।

त्यस्तै, असोज २३ गते बेलुकी ५ देखि ७ बजेसम्मा उम्मेदवारको नामावली प्रकाशन हुनेछ । असोज २४ गते बिहान १० देखि १ बजेसम्ममा उम्मेदवारहरूले नाम फिर्ता लिन सक्नेछन् ।

सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका स्वीकृत भएको प्रवक्ता पोखरेलले बताइन् ।

दिउँसो ३ देखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने बताइएको छ ।

कात्तिक १७ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १६:२३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।