Logo

अर्थ

डिम्याट र मेरो सेयर खाताको नवीकरण शुल्क बुझाउन एनआईसी एशिया क्यापिटलको आग्रह



काठमाडाैं । एनआईसी एशिया क्यापिटलले डिम्याट र मेरो सेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

कम्पनीले एनआईसी एशिया क्यापिटल, क्यापिटलको अनलाइन, शाखा कार्यालयहरु तथा एनआईसी एशिया बैंकको शाखा कार्यालयमार्फत हितग्रही खाता खोलेका खातावालाहरुलाई साउन १५ गतेभित्र वार्षिक शुल्क भुक्तानी गरी उक्त खाता नवीकरण गर्न आग्रह गरेको हो ।

उक्त मितिभित्र वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जनाएको छ ।

खातावालाहरुले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क प्रतिखाता १०० र मेरोसेयरको ५० रुपैयाँ तिर्नु पर्नेछ ।

खातावालाहरुले एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु वा एनआईसी एशिया क्यापिटलको नाममा रहेको एनआईसी एशिया बैंकको खाता वा ई–सेवा, खल्ती, कनेक्ट आईपीएस लगायतका अनलाइन माध्यमबाट समेत भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १०:४०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।