काठमाडाैं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (बिहीबार)देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।
यस अनुसार कम्पनीले २४ करोड १४ लाख १० हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
उक्त हकप्रद सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।




















प्रतिक्रिया