Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, १५ अर्ब ९८ करोडको कारोबार



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२ को विन्दुमा कायम भएको छ ।

आज ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ ।

आज १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब ३३ करोडको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १५:२१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।