काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष हुने भएको छ । सरकारले केही नेपाल ऐनहरू संशोधन गर्दै लाइसेन्सको अवधि दोब्बर बनाएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अन्तर्गत दफा ५४ को उपदफा ३ मा भएको संशोधनअनुसार अबदेखि सवारी चालक अनुमतिपत्र ५ वर्षको सट्टा १० वर्षका लागि मान्य हुनेछ ।
सरकारले यो व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गर्दै कार्यान्वयनमा ल्याइसकेको छ । यसअघि नवीकरण गरिएपछि लाइसेन्सको अवधि ५ वर्षका लागि मात्र मान्य हुन्थ्यो, तर अब नवीकरण गरिएका लाइसेन्सहरू पनि १० वर्षका लागि मान्य हुनेछन् ।
नयाँ संशोधनअनुसार सवारी जाँचपास र प्रदूषण परीक्षण कार्यमा निजी क्षेत्रलाई पनि संलग्न गरिने व्यवस्था गरिएको छ।




















प्रतिक्रिया