Logo

मनोरञ्जन

‘मिरमिरे’ आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने



काठमाडौं । यम शेर्पाद्वारा निर्देशित चलचित्र ‘मिरमिरे’ आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले चलचित्रकी नायिका सिर्जना निङलेखुको जन्मदिन सेलिब्रेटी गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

वितरकसँगको सल्लाह अनुसार चलचित्रको प्रदर्शन मिति माघ १ गते तोकिएको निर्देशक शेर्पाले जानकारी दिए ।अहिले चलचित्रको छायाङ्कन मकवानपुरको चित्लाङमा भइरहेको छ । असार २१ गतेबाट छायाङ्कन सुरु भएको चलचित्रको सुटिङ अझै केही साता चल्नेछ ।

यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखुको मुख्य भूमिका छ ।चलचित्रमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा र बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय देख्न सकिन्छ ।

‘मिरमिरे’को निर्देशनसँगै स्टोरी पनि यम स्वयंले लेखेका हुन् । चलचित्रका छायाङ्कार आलोक शुक्ला हुन् । चलचित्रमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् ।

चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका वितरक रोहित कट्टेल रहेका छन् । विरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्र कट्टेलसहित रत्न श्रेष्ठले वितरण गर्नेछन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार १६:५९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।