काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री भदौ १ गते नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार मिस्रीले प्रधानमन्त्री ओलीलाई भेटेर भारत भ्रमणको निम्तो दिने छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सचिव मिस्री नेपाल आउन लागेका तर कहिले आउने त्यसको बारेमा पछि जानकारी गराइने बताए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भइसकेको छ, मिति मात्र घोषणा हुन बाँकी छ। मिस्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।




















प्रतिक्रिया