Logo

प्रमुख समाचार

उद्धारका लागि तत्काल कूटनीतिक पहल गरेका छौँ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल गरिएको बताएका छन् ।

नेपाली पनि बाढीमा परेको आशंकापछि तत्काल कूटनीतिक पहल गरिएको उनले बताएका छन् ।

बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको ओलीले बताएका छन् ।

“उनीहरूको उद्धारको लागि दूतावासमार्फत तत्काल कुटनीतिक छलफल भएको थियो,” उनले भनेका छन्, “बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्छु ।”

भारतको उत्तराखण्डमा आएको बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका मात्रै कम्तीमा १३ जना बेपत्ता भएको आशंका गरिएको छ । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार एक विज्ञप्तिमार्फत कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी सम्पर्कमा नरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ०९:०२   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।