Logo

मनोरञ्जन

आजबाट प्रदर्शनमा दुई फिल्म ‘सिटामोल’ र ‘मोहर’



काठमाडाैं । शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। सौगात मल्ल र बेनिशा हमाल अभिनीत ‘सिटामोल’ र पल शाह, बेनिशा हमाल र नीति शाहको फिल्म ‘मोहर’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका हुन् ।

फिल्म ‘सिटामोल’ सामाजिक कथामा बनेको फिल्म हो । ‘सिटामो’ राज बहादुर सानेले निर्देशन गरेका हुन् । सशस्त्र जनयुद्धको घाइतेको कथामा फिल्म बनेको हो । फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।

तुल्सीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् ।

त्यस्तै, ‘मोहर’ सामाजिक–थ्रिलर फिल्म हो । ‘माेहर’  देउकी कथामा बनेको फिल्म हो । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ओम प्रतीकको लेखन तथा निर्देशन रहेको छ ।

फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ । फिल्मको निर्माता चुम्मन शाहीले हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १२:१७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।