Logo

प्रमुख समाचार

रुपन्देही ३ उपनिर्वाचन: रास्वपाले आज उम्मेदवारको नामावली सार्वजनिक गर्ने



काठमाडौँ । आगामी कार्तिक १७ गते रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उम्मेदवारसँगको छलफल अघि बढाएको छ ।

आइतबार (रास्वपा)ले उम्मेदवार बन्न चाहने ९ जना व्यक्तिसँग छलफल गरेको छ ।

सोमबार उम्मेदवारहरूकाे प्रारम्भिक नामावली प्रकाशन गरिने रास्वपाले जनाएको छ । आवेदन दिएका व्यक्तिहरुको नामावली रास्वपाले साउन २३ गते सार्वजनिक गरेको थियो ।

साउन ७ देखि २१ गतेसम्म पार्टीले खुलाएको आवेदनमा उनीहरूले २५ हजार दस्तुर तिरेर केन्द्रीय निर्वाचन आयोगमा आवेदन दिएका थिए ।

आवेदन दिएका व्यक्तिहरूमा सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, डा. लेखजंग थापा सिद्धार्थनगर–९, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, कुसुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार ०७:१७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।