Logo

प्रमुख समाचार

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू



विराटनगर । १५ औं महाधिवेशनको तयारीमा जुटेको देउवापक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मंगलबारदेखि विराटनगरमा सुरु भएको छ ।

नियमित महाअधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा अधिवेशन सुरू भएको हो । अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरूको पनि सहभागिता थियो ।

संयोजक कोइरालाले पार्टीका कुुनै पनि नेता तथा कार्यकर्ताका बिषयमा टिप्पणी नगरी कोइराला निवासमा आफूले विताएको बाल्यकालको सम्झना गरे । उनले राजनीति सिधा बाटोमा नहिँड्ने भन्दै निरन्तर प्रयासले मात्रै सफलतामा पु¥याउन सकिने बताएका थिए ।

जिल्ला अधिवेशनमा सहभागी देउवा पक्षीय अन्य नेताहरूले भने कांग्रेसलाई गगन थापाहरूले प्रायोजित रूपमा अपहरण गरेको आरोप लगाएका थिए ।

उद्घाटन सत्रमा सम्बोधन गर्ने अधिकांश केन्द्रीय नेताहरूले यस्तो आरोप लगाएका हुन्। सोक्रममा नेताहरू प्रकाशशरण महत, मोहन बस्नेत, कृष्णप्रसाद सिटौला लगायतका नेताले आफनो धारणा राखेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार ०७:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।