Logo

प्रमुख समाचार

चार न्यायाधीशविरुद्ध उजुरी



काठमाडौँ । ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनका गरी चार न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ ।

अधिवक्ता प्रेम सिंह धामीले ललितपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश पुष्पराज कोइराला, उच्च अदालत पाटनका न्यायाधीशहरु कृष्णराम कोइराला, चन्द्रमणि ज्ञवाली र टीकाराम आचार्यविरुद्ध बर्खास्तीको माग गर्दै निवेदन दिएका हुन् ।

कानुन व्यवसायी समेत रहेका धामीले न्यायाधीश कोइरालाले आर्थिक लेनदेन गरी आफूसमेत अर्का एक व्यक्तिको चेक अनादर मुद्दामा एकतर्फी फैसला गरेको आरोप लगाएका छन् ।

कानुन अनुसार दुई वर्ष कैद सजाय तोकिसकेको र जरिवाना रकम तिर्नु नपर्ने भएपनि फैसलामा रकम उल्लेख गरेको धामीको दाबी छ । उजुरीमा उनले चारै जना न्यायाधीशलाई बर्खास्तीको माग गरेका छन् ।

[pdf-embedder url=”https://www.onlinepana.com/wp-content/uploads/2025/08/Prem-Singh-Dhami-Nibedan.pdf” title=”Prem Singh Dhami Nibedan”]

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार २०:०२   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।