काठमाडौं । सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसम्बन्धी रिट निवेदन दरपीठ गर्ने निर्णय बदर गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले द्वन्द्वपीडित गीता रसाइली लगायतको रिट ‘मागबमोजिम हुने’ भन्दै दर्ता गर्न आदेश दिएको हो ।
रसाइलीसहित ३३४ जना द्वन्द्वपीडितले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी माग गर्दै रिट दायर गरेका थिए ।
यसअघि सर्वोच्च प्रशासनले नियुक्तिको विषयमा निवेदकहरूको प्रत्यक्ष सरोकार नदेखिएको भन्दै रिट दरपीठ गरेको थियो । अब उक्त रिट सर्वोच्चमा दर्ता भएर सुनुवाइ हुनेछ ।




















प्रतिक्रिया