Logo

प्रमुख समाचार

उदयपुरमा मध्यमदेखि भारी वर्षा



काठमाडौं । उदयपुरमा मध्यमदेखि भारी वर्षा भएको छ । मंगलबार राति उदयपुर गडी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन २७ गते, राति ९:२० बजे । पछिल्लो १ घण्टामा उदयपुरस्थित उदयपुर गडी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागले सूचना जारी गर्दै भनेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार २०:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।