काठमाडाैं । गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’लेसार्वजनिक भएकाे एकदिनमै करिब १५ लाख भ्युज पाएको छ ।
बुधबार बिहान सार्वजनिक गीतलाई युट्युबमा अहिलेसम्म १४ लाख ८५ हजारभन्दा बढीपटक हेरिएको छ ।
‘पुतलीको भट्टी’ भाग २१ का रूपमा आएको गीतमा खासगरी छोरा र छोरीबीचको विभेद, पितृसत्तात्मक सोच र नारीको जीवनको मार्मीक कथालाई उठान गरिएको छ ।
शब्द, संगीत र भिडिओ निर्देशन विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको छ । आशिष अविरलको एरेन्ज रहेको गीत राग स्टुडिओमा रेकर्डिङ गरिएको हो ।
भिडिओमा मोडल ललिता पौडेललाई निरन्तरता दिइएको छ । त्यस्तै, कोरियोग्राफी मौसम हिमालीले गरेका छन् ।
भिडिओमा ६० जना कोरस रातो र हरियो साडीमा नृत्य गरेका छन् । भिडिओमा छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टले गरेका हुन् ।





















प्रतिक्रिया