राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं ल्याइपुर्याइएको छ । रविको स्वागतमा बसेका मिडिया, कार्यकर्ता र समर्थकलाई छल्दै प्रशासनले रविलाई ललितपुरस्थित नख्खु कारागार पुर्याएको छ ।
त्रिभुवन विमानस्थलमा रविको स्वागतमा बसेका समर्थकलाई भेट गर्न नदिई आयल निगम हुँदै नख्खु कारागारतर्फ लगिएको हो ।
लामिछाने काठमाडौंमा अपराह्न ५ बजे अवतरण गर्ने सूचनापछि समर्थकहरू दिउँसैबाट त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल परिसर पुगेका थिए । समर्थकको भिडमा लामिछानेपत्नी निकिता पौडेल पनि थिइन् ।
समर्थकबाट नाराबाजी हुन सक्ने देखेपछि लामिछानेलाई प्रशासनले विमानस्थल परिसरकै आयल निगमको गेटबाट बाहिर निकालेको थियो । त्यसपछि समर्थकहरू नक्खु कारागारतिरै हान्निएका थिए । लामिछानेलाई पुर्याउनुअघि नै उनीहरू कारागार क्षेत्रमा पुगिसकेका थिए ।
पाँच सयभन्दा धेरै समर्थकको भिड छिचोल्दै लामिछानेलाई राखिएको सुरक्षाकर्मीको भ्यान मुस्किलले कारागार छिरेको थियो । लामिछानेले भ्यानभित्रबाटै हात हल्लाएर समर्थकलाई अभिवादन गरेका थिए ।
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेका तत्कालीन सचिवालय सदस्य प्रमोद न्यौपानेले स्वस्फूर्त समर्थक जम्मा भएको बताए ।
उनले भने, ‘रविदाइ आउने खबरपछि दिउँसैबाट समर्थक विमानस्थल पुगेका थिए । तर, प्रशासनले उहाँलाई आयल निगमको गेटबाट सुटुक्क बाहिर निकाल्यो । समर्थक नक्खु कारागारबाहिर जम्मा भए ।




















प्रतिक्रिया