Logo

खेलकुद

नेपालको लगातार तेस्रो हार



काठमाडौं । नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ । मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै रोकियो ।

ओपनर कुशल भुर्तेल १३ बल खेल्दै ४ चौकासहित २५ रन जोडेर पहिलो विकेटको रुपमा पबिलियन फर्कि ए। लगतै भीम सार्की मात्र १ रनमा आउट भए । दुई विकेट गुमाउँदा नेपालले ३२ रन जोडेको थियो ।

तेस्रो विकेटको लागि आसिफ शेख र कप्तान रोहित पौडेलले ८७ रनको साझेदारी गरे । यो क्रममा आशिफले अर्धशतक प्रहार गरे । ४८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै उनले अर्धशतक बनाए। रोहित ३३ रनमा आउट भए ।

यसपछि आसिफ ५३ रन जोडेर रन आउट हुन भए । दीपेन्द्र सिंह ऐरी मात्र १ रनमा आउट भए । कुशल मल्ल पनि ११ रनमा आउट भए । आरिफ शेख अविजित ८ रनमा रहे ।

बलिङमा अष्टिन एनलेजार्क र डाउ वारेनले समानले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो ।

ओपनर क्याम्पबेल केलावे २ रनमा सोमपाल कामीको बलमा आउट हुँदा मेलबर्न स्टार्सले मात्र २ रन बनाएको थियो।

तर यसपछि थोमस रोजर्स र बेल्क म्याकडोलान्डले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरे । उनीहरूले १ सय २२ रनको साझेदारी गर्दै इनिङ्स उकासे । दुवैले अर्धशतक बनाए ।

यो साझेदारी सन्दीप लामिछानेले तोडे । ४७ बल खेलेका बेल्कले ७ चौका र २ छक्का सहित ७४ रनको सानदार ब्याटिङ गरे । थोमसले ४६ रन जोडे । उनले ४६ बलको सामना गर्दै ७ चौका र १ छकमका प्रहार गरे । साम हर्पे अविजित ११ रनमा रहे ।

बलिङमा सन्दीपले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले २६ रन खर्चे । सोमपाल र सहाब अलामले १/१ विकेट झारे । नेपालको यो तेस्रो हार हो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार ११:०२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।