काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ को कमी देखिएको छ। सोमबार बिरामी परेपछि वीर अस्पतालको ट्रमा सेन्टरमा गरिएको रगत परीक्षणमा यो समस्या देखिएको हो ।
रगत परीक्षणको रिपोर्टबारे डा जितेन्द्रप्रसाद यादवकाअनुसार लामिछानेलाई लामो समय घाम नदेखेको र पर्याप्त बाहिरी हावा नपाएको कारण यस्तो समस्या देखिएको हो ।
रुपन्देही कारागारमा १२६ दिन थुनिएर बस्दा शरीरले घाम नपाएकोले भिटामिन ‘डी’ को स्तर घटेको बताइएको छ ।




















प्रतिक्रिया