आफू सहकारी गठीमा परेको दाबी गर्दै आएका गायक रामकृष्ण ढकालले फिल्ममा लगानी गर्ने भएका छन् । उनले लगानीमा बन्ने फिल्म ‘मालती मंगले’को बिहीबार शुभमुहूर्त भएको छ ।
पाँच वर्षअघि ललितपुरको एक सहकारीले रामकृष्ण र श्रीमती नीलम शाहले पाँच करोड तिर्न बाँकी रहेको सूचना सार्वजनिक गरेको थियो ।
त्यसपछि मिडियामै उत्रिएर रामकृष्णले आफ्नो बचाउ गर्दै आएका थिए । उनले सहकारीलाई ऋण चुक्ता गरेको जिकिरसहित आफू ठगीमा परेको दाबी गरेका थिए ।
यही प्रकरणले रामकृष्ण र श्रीमती नीलमले नियोजित डिभोर्स गरेको चर्चा पनि चलेको थियो । यसरी घर लिलामसम्मको आर्थिक समस्यामा फसेका रामकृष्णले आफ्नै लगानीमा फिल्म बनाउने भएका छन् । यो खुसीको कुरा हो । यसले रामकृष्णको आर्थिक समस्या हल भएको सन्देश पनि दिएको छ ।
अझै ऋणको चेपुवामा रहेको भए फिल्म बनाउने जोखिम किन मोल्थे रामकृष्णले ?
अब, फिल्मको कुरा गर्दा ‘मालती मंगले’मा रेकर्ड ब्रकेर नायक नायक विजय शीर्ष भूमिकामा छन् । भलै, उनी दोस्रो पटक शीर्ष भूमिकामा रहेको ‘जनै हराएको मान्छे’ खासै चलेन । फिल्ममा नायिका वर्षा शिवाकोटी र हाँस्य कलाकार मेक्सम गौडेल पनि शीर्ष भूमिकामा रहेको बताइएको छ ।





















प्रतिक्रिया