Logo

प्रमुख समाचार

बागमती प्रदेशसभाको बैठक बस्दै



मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आजका लागि बैठक आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालय हेटौँडाले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएको छ। प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ ।

उक्त बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन अवस्था रहेको २ विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको सभामुख पाठकले बताए ।

उनका अनुसार उक्त बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।

बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने सभामुख पाठकले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ०८:२८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।