काठमाडौं । प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोधमा धनगढीस्थित गेटा मेडिकल कलेजबाट तीन दिने सत्याग्रह सुरु गरेका छन् ।
पत्रकार सम्मेलनमार्फत डा. केसीले निजी कलेजलाई सिट बढाउँदा शिक्षाको गुणस्तर खस्किने र आम जनताको स्वास्थ्यमा असर पर्ने बताए ।
उनले सरकार र चिकित्सा शिक्षा आयोगका निर्णयहरूले शिक्षा–स्वास्थ्य प्रणालीलाई धरापमा पारेको आरोप लगाए । डा. केसीले सिट वृद्धि फिर्ता, गेटा, इलाम, डडेलधुरा र उदयपुरमा सरकारी मेडिकल कलेज सञ्चालन, अघिल्ला सम्झौता कार्यान्वयन जस्ता माग अघि सारेका छन् ।





















प्रतिक्रिया