Logo

प्रमुख समाचार

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार विभागप्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भदौ २०–२२ मा गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफलका लागि बैठक बस्न लागेकाे उनले बताए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ ।

“केन्द्रीय सचिवालयमा सबै दस्ताबेज प्रस्ताव गरेर विधान महाधिवेशनमा जानेछ,” उनले भने ।

केन्द्रीय कमिटी बैठक बस्ने बताइए पनि समय अभाव भएकाले बस्न सकेको उनको भनाइ छ ।

“हामीले यसअघिको केन्द्रीय कमिटी बैठकको सुझाव लिइसकेका छौँ । विधान महाधिवेशनका प्रतिनिधि सार्वभौम हुनुहुन्छ । आफ्ना कुरा त्यही राख्न सक्नुहुन्छ,” गौतमले भने ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार ०८:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।