काठमाडौँ । नेकपा एमालेको जारी विधान महाधिवेशनको बन्दसत्रमा नेता योगेश भट्टराईको नेतृत्वमा ५ सदस्यीय प्रस्ताव लेखन कमिटी पनि बनेको छ ।
यो समितिमा भट्टराईसहित, ज्वाला साह, ईश्वरी रिजाल, माधव ढुङ्गेल र उशाकला राई रहेका छन् । यस्तै महाधिवेशनमा ७ सदस्यीय बहस नोट कमिटी बनेको छ ।
बहस नोट कमिटीमा नेता लेखराज भट्ट,पद्मा अर्याल, किरण गुरुग, सूर्यबहादुर थापा,जुलीकुमारी महतो,विष्णु रिजाल र निरज आचार्य रहेका छन् ।





















प्रतिक्रिया