Logo

प्रमुख समाचार

पूर्वराष्ट्रपतिको विषयलाई नेतृत्वले चाँडो हल गर्नुपर्छ : नेता विनोद ढकाल



काठमाडौं । नेकपा (एमाले)का नेता विनोद ढकालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयलाई नेतृत्वले चाँडो हल गर्नुपर्ने बताएका छन् । ललितपुरको गोदावरी भएको विधान महाधिवेशनमा पत्रकारहरूसँग बोल्दै उनले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने बारेको विषयमा हल गर्नुपर्ने बताएका हुन् ।

“आम जनताको चासो एमालेको विधान महाधिवेशनले पूर्वराष्ट्रपतिको विषयमा के गर्छ त भन्ने थियो । विधान महाधिवेशनको अघिल्लो दिनको बैठकमा पूर्वराष्ट्रपतिको विषयलाई विधान महाधिवेशनको एजेन्डा नबनाउने, यो विषय पुनः पदाधिकारी र केन्द्रीय कमिटी बैठकमा छलफल गरेर टुंग्याउने भनिएको थियो । त्यसका लागि नेतृत्वले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग संवाद, छलफल गर्ने सहमति भएको थियो,” उनले भने, “तर, विधान महाधिवेशनको हलमा पूर्वराष्ट्रपतिको विषयमा कुरा उठ्यो ।”

उनले विधान महाधिवेशनको हलमा सहभागीहरूले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने भएपछि ती विषयहरूलाई सम्बोधन गर्दै लैजानुपर्ने आवाज उठेको बताए । “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने भएपछि ती विषयहरूलाई सम्बोधन गर्दै लैजानुपर्ने आवाज हलमा उठेको थियो,” उनले भने, “कतिपयले ती विषयलाई सम्बोधन गर्दै लैजानुपर्ने आवाज उठाएका थिए । कतिपयले विधानमै यो विषय राखेर जान सुझाव दिएका थिए ।

 

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार २१:३५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।