काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ ।
आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ ।
आजका लागि साँझ ५ बजेसम्म कर्फ्युको समय निर्धारण गरिएको छ ।
सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यु जारी रहने र तत्पश्चात् भोलि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने जानकारी गराइएको छ ।




















प्रतिक्रिया